AK Learning Nepal

  Thursday 16 October 2025 / 01:43 PM

 

 

 

 

 

पाठ 17

धातु र अधातु 

 

अभ्यास

1. तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस् :

(क) फलामको मुख्य धाउ कुन हो ?

(अ) बक्साइट

(आ) हेमाटाइट 

(इ) अर्जेंन्टाइट

(ई) पाइराइट

(ख) प्रकृतिमा शुद्ध अवस्थामा पाइने धातु कुन हो ?

(अ) आल्मिनियम

(आ) फलाम

(इ) तामा

(ई) सुन 

(ग) प्रारम्भिक चरणमा धाउलाई शुद्ध पार्न अपनाइने प्रक्रिया कुन हो

(अ) स्मेल्टिङ

(आ) कन्सन्ट्रेसन 

(इ) रोस्टिङ

(ई) ग्राइन्डिङ

(घ) दिइएका कुन धाउलाई अक्सिडाइज गर्न रोस्टिङ गरिन्छ ।

(अ) हेमाटाइट

(आ) वक्साइट

(इ) सिडेराइट 

(ई) क्युप्राइट

(ङ) स्मेल्टिङ कुन प्रक्रियाअन्तर्गत पर्दछ ?

(अ) ग्राइन्डिङ

(इ) अक्सिडेसन

(आ) रिफाइनिङ

(ई) रिडक्सन 

2. कारण दिनुहोस् :

(क) सबै धाउ खनिज हुन् तर सबै खनिज धाउ होइनन् ।

उत्तरः खनिज पदार्थबाट थोरै वा धेरै परिमाणमा धातु पाउन सकिन्छ भने धाउबाट यसको प्रशोधन गरी धेरै परिमाणमा धातु पाउन सकिन्छ। त्यसकारण सबै धाउ खनिज हुन् तर सबै खनिज धाउ होइनन् ।

(ख) कन्सन्ट्रेसनपश्चात् धाउलाई अक्सिडेसन गरिन्छ ।

उत्तरः धातुको अक्साइडबाट धातु निकाल्न सरल हुने हुनाले धाउको कन्सन्ट्रेसन पश्चात् यसलाई अक्सिडेसन गरिन्छ ।

3. फरक लेख्नुहोस् :

(क) खनिज र धाउ 

खनिज

धाउ

(१) थोरै वा धेरै परिमाणमा धातु पाउन सकिने प्राकृतिक रासायनिक वस्तुलाई खनिज पदार्थ भनिन्छ ।

(१) धातुको प्रशोधन गर्न सकिने खनिजलाई धाउ भनिन्छ ।

(२) सबै खनिज धाउ होइनन् ।

(२) सबै धाउ खनिज हुन् ।

 

(ख) रोस्टिङ र क्याल्सिनेसन

 

रोस्टिङ

क्याल्सिनेसन

(१) यसमा धातुको अक्साइडसँग SO2 पनि उत्पादन हुन्छ ।

(१) यसमा धातुको अक्साइडसँग CO, पनि  उत्पादन हुन्छ ।

(२) यसमा धाऊलाई धेरै अक्सिजनसँग तताइन्छ ।

(२) यसमा धाउलाई कम वा न्युन अक्सिजन वा विना अक्सिजन तताइन्छ ।

 

 

(ग) अक्सिडेसन र रिडक्सन

 

अक्सिड

रिडक्सन

(१) अक्सिजन प्राप्त गर्ने प्रक्रियालाई अक्सिडेसन भनिन्छ ।

(१) अक्सिजन गुमाउने प्रक्रियालाई रिडक्सन भनिन्छ ।

(२) यो प्रक्रियामा इलेक्ट्रोन गुम्छ ।

(२) यो प्रक्रियामा इलेक्ट्रोन प्राप्त हुन्छ ।

(३) यो प्रतिक्रियाले सक्ति उत्पन गर्छ ।

(३) यो प्रतिक्रियाले सक्ति सञ्चय गर्छ ।

4. तलका प्रश्नको उत्तर दिनुहोस् :

(क) धातु प्राप्त गर्ने स्रोत के हो ?

उत्तर  : धातु प्राप्त गर्ने स्रोत तिर्नीहरूको धाउ वा खनिज हुन् ।

 

(ख) फलाम, तामा, आल्मिनियम र चाँदीका धाउको सूची बनाउनुहोस् ।

उत्तर: फलाम, तामा, आल्मिनियम र चाँदीका धाउको सूची तलको तालिकामा यसप्रकार छ ।

 

धातु

धाउ

फलाम

हेमाटाइट, सिदेराइट, म्याग्नेटाइट, लिमोनाइट, आइरन पाइराइट

तामा

चाल्कोपाइराइट वा कपरग्लान्स, कपर पाइराइट्स, क्युप्राइट, मालाचाइट

आल्मिनियम

बक्साइट, क्रायोलाइट, कोरन्डम

चाँदी

अर्जेन्टाइट, हर्न सिल्भर, रुबी सिल्भर, सिल्भर कपर ग्लान्स

(ग) मेटालर्जी एक चरणबद्ध प्रक्रिया हो, कसरी ? व्याख्या गर्नुहोस्

उत्तरः मेटालर्जी अर्थात धातु विज्ञान भनेको धातुका गुण, तिनको उत्पादन र धातु शुद्धीकरण गर्ने विज्ञानको शाखा हो । धाउहरूबाट धातु प्रशोधन गर्ने विधिलाई मेटालर्जी भनिन्छ । मेयलर्जी एउय चरणबद्ध प्रक्रिया हो । यसमा समावेश हुने चरणहरू निम्न छन् :

 

माइनिङ : यस चरणमा पृथ्वीको क्रस्ट खनेर सम्बन्धित धातुको खानीबाट उपयोगी वस्तु र खनिज पदार्थ निकालिन्छ । यो प्रक्रियालाई माइनिङ भनिन्छ ।

धाउको क्रसिङ : यस चरणमा धाउहरूलाई साना र मसिना टुक्राहरूमा परिणत गरिन्छ ।

धाउलाई धुलो बनाउने: यस चरणमा धाउका मसिना टुक्राहरूलाई पिँधेर धुलो – पिठो बनाइन्छ ।

 

घाउको कन्सन्ट्रेसन: यस चरणमा धाउको घुलोमा पाइने अनावश्यक वस्तुहरू जस्तैः माटो, बालुवा तथा चुनढुङ्गा जस्ता वस्तुलाई पानीको प्रयोग गरि हटाइन्छ ।

 

क्याल्सिनेसन: यस चरणमा कार्बेनिट र हाइड्रोअक्साइड युक्त धाउहरूलाई धातुको पग्लने तापक्रम भन्दा कम तापक्रममा तताएर धातुका अक्साइडमा परिणत गरिन्छ ।

 

रोस्टिङ: यस चरणमा सल्फाइडयुक्त धाउहरूलाई धातुको पग्लने तापक्रम भन्दा कम तापक्रममा तताएर धातुका अक्साइडमा परिणत गरिन्छ ।

स्मेल्टिङ: यस चरणमा धातुहरू तिनीहरूको अक्साइडरहित हुन्छन् वा अक्साइडबाट स्वतन्त्र हुन्छन् ।

धातुको रिफाइनिङ: यस चरणमा धातुलाई प्रशोधन गरी शुद्ध बनाइन्छ ।

 

(घ) इलेक्ट्रेरिफाइनिङबाट कसरी शुद्ध धातु प्राप्त हुन्छ ? एउटा क्रियाकलापको सहायताबाट व्याख्या गर्नुहोस् ।

उत्तरः इलेक्ट्रोरिफाइनिङ भन्नाले विद्युत विच्छेदन विधिबाट धातुलाई शुद्ध पार्ने विधि हो । इलेक्योरिफाइनिङ विधिको लागि एउय भोल्टामिटर (विद्युत विच्छेदन गर्ने भाँडो) मा अशुद्ध धातुलाई एनोडसँग (सेलको धनात्मक ध्रुव) जोडिन्छ भने

शुद्ध धातुलाई ‘क्याथोड (सेलको ऋणात्मक ध्रुव) सँग जोडिन्छ । यस विधिमा जुन धातुको इलेक्योरिफाइनिङ गर्नुपर्ने हो, त्यसैको लवणबाट बनेको इलेक्ट्रोलाइट प्रयोग गरिन्छ । उदाहरणका लागि अशुद्ध तामालाई इलेक्ट्रोरिफाइनिङ विधिबाट गर्न सकिन्छ ।

 

● अशुद्ध तामालाई इलेक्ट्रेरिफाइनिङ विधिबाट शुद्धीकरण गर्ने तरिकाः

* आवश्यक सामग्रीः अशुद्ध तामाको पाता, भोल्टामिटर, शुद्ध तामाको पाता, ब्याट्रि, निलो तुथोको घोल

* विधि: एउटा भोल्टामिटरमा निलोतुथोको घोल राख्ने, त्यसपछि अशुद्ध तामाको पातालाई व्याट्रीको धनात्मक धुव र शुद्ध तामाको पातालाई व्याट्रीको ऋणत्मक ध्रुवसँग जोडी चित्रमा जस्तै क्रमशः एनोड र क्याथोड बनाउने र त्यसपछि भोल्टामिटरमा विद्युत प्रवाह गर्ने ।

* अवलोकनः एनोडमा भएको अशुद्ध तामाको पाता खिड्दै जान्छ र क्याथोडमा भएको शुद्ध तामाको पातामा शुद्ध तामा थपिदै जान्छ ।

* निष्कर्षः यसरी विद्युत विच्छेदन विधि प्रयोग गरी अशुद्ध तामाबाट शुद्ध तामा प्राप्त गर्न सकिन्छ ।

Leave a Reply

Scroll to Top